राजनीति

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक विधेयक, २०८२’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’लाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पातिर गर्ने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने कार्यक्रम छ । संयुुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै छन् ।
प्रकाशित मिति: शनिबार, असार १४, २०८२ ०५:५३
प्रतिक्रिया दिनुहोस्