site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मदन भण्डारी जीवनका लागि सिद्धान्तको कोण बदल्ने अगुवा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारी जीवनका लागि सिद्धान्तको कोण  बदल्ने अगुवा रहेको बताएका छन् ।  

७४औँ मदन भण्डारीको जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आज नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोण बदल्ने अगुवा नेताका रुपमा रहेको बताएका हुन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४औँ जन्मजयन्ती,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।”

आज एमाले र त्यसको जनवर्गीय संगठनले तत्कालीन एमालेका महासचिव भण्डारीको ७४औँ जन्मजयन्ती विविध कार्यक्रम गर्दै मनाउँदै छ । रासस

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्