site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा
फाइल तस्बिर ।

वाग्मती । कान्ति लोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–काठमाडौं जोड्ने सडक आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक आज बिहानबाट पूर्णरूपमा सञ्चालनमा आएको हो । 

सो सडकअन्तर्गत ललितपुरको वाग्मती गाउँपालिका–२, रातोभिरस्थित सडक निर्माण गर्ने क्रममा ढुंगामाटो धेरै झरी सडकसमेत भाँसिएपछि बन्द रहेको सडक मर्मतसम्भारपश्चात् पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।  

गत वैशाख १६ गतेदेखि बिहान ९ बजेदेखि अपराह्न १२ बजेसम्म र राति ६ बजेदेखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको उक्त सडक आजदेखि पूर्णरूपमा सञ्चालन भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।  

ललितपुरको टीकाभैरवदेखि तीनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम गरिएको छ । यस्तै थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म दैनिक पाँच घण्टा बन्द रहने छ । 

सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको भन्दै सो सडक दैनिक बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म पूर्णरुपमा बन्द गरेको हो । सो सडक निर्माणका लागि बिएसपी÷जयश्री महालक्ष्मी जेभीसँग सम्झौता भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro