काठमाडौं । विद्युतीय सवारी (ईभी) ब्रान्ड ओमोडाले ‘आईसीसी पुरुष ट्वान्टी-२० क्रिकेट विश्वकप’का अवसरमा ‘नेपाल स्कोर्स ओमोडा ग्रोज’ नारामा एक योजना ल्याएको छ । योजनाअन्तर्गत विश्वकप खेलमा नेपाली क्रिकेट टोलीले प्राप्त गर्ने हरेक रन र लिने विकेटमा ओमोडाले रुख रोप्ने जनाएको छ ।
हरेक रनमा एक रूख रोप्ने बताएको छ । यस्तै हरेक ‘चौका’मा पाँच रुख रोप्ने र हरेक ‘छक्का’ वा विकेट लिँदा १० रूख रोपिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार योजनाअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका आमोडा खरिदकर्ता तथा चालक (ओमोडर्स)ले सहभागिता जाउने छन् ।
यो अभियान दिगो भविष्यप्रतिको प्रतिबद्धता भएको नेपालका लागि ओमोडाको आधिकारीक वितरक एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले बताएका छन् ।