site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
केही ब्रान्ड र सेलिब्रेटीका टिकटक अकाउन्टमा साइबर आक्रमण

काठमाडौं । टिकटकले केही ब्रान्ड र सेलिब्रेटीको टिकटक अकाउन्ट साइबर आक्रमण भएको जनाउँदै यसबारेमा आफूले सम्बोधन गरिरहेको जनाएको छ । 

चिनियाँ कम्पनी बाइट डान्सले सीमित मात्रामा अकाउन्ट ‘कम्प्रोमाइज’ भएको पाइएको उल्लेख गरेको छ । उसले आफू प्रयोगकर्ताहरूसँग मिलेर अकाउन्ट पुर्नस्थापना गर्न लागि रहेको समेत उल्लेख गरेको छ ।

टिकटकले त्यसभन्दा बढी थप जानकारी दिन चाहेन । जनाइएअनुसार एउटा कम्प्रोमाइज गरिएको अकाउन्ट सीएनएनको पनि हो । सीएनएनसँग मिलेर आफूले सो अकाउन्टमा पहुँच पुर्‍याउन लागिपरेको र थप सुरक्षा प्रबन्धको प्रयास भएको टिकटकले जनाएको छ ।  

सीएनएनलाई यसबारेमा बीबीसीले जिज्ञासा राख्दा उसले प्रतिक्रिया गर्न चाहेन । टिकटकका अनुसार रियालिटी टीभीका स्टार पेरिस हिल्टनको अकाउन्ट पनि कम्प्रोमाइज गर्ने प्रयास गरिएको तर, उनको अकाउन्ट भने कम्प्रोमाइज नभएको जनाइएको छ । हिल्टनका १० मिलियनभन्दा बढी फलोअर्स छन् र उनी सो प्लेटफर्मको सक्रिय प्रयोगकर्ता हुन् ।

अमेरिकामा टिकटकको स्वामित्व बेच्नुपर्ने वा  बन्द गरिने कानुन बनिसकेको छ । यद्यपि, राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पले गत शनिबार टिकटक अकाउन्ट खोलेका छन् । गएको शनिबार यता मात्रै उनका पाँच मिलियन फलोअर्स भइसकेका छन् । उनले आफूले अमेरिकी जनतासँग प्रत्यक्ष रूपमा बोल्नका लागि उपलब्ध सबै प्रविधि प्रयोग गर्ने बताएका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनको पनि टिकटक अकाउन्ट छ । जसमा उनका प्रतिद्वन्द्वी ट्रम्पकोभन्दा तीन लाख ५० हजार कम फलोअर्स मात्र छन् । बीबीसी

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro