site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा सहकारीपीडितले देखाए प्रधानमन्त्रीलाई कालो झण्डा

कास्की । पोखरा आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहकारीपीडितले कालो झण्डा देखाएका छन् । माओवादी केन्द्र गण्डकीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीपीडितले कालो झण्डा देखाएका हुन् । 

सभागृहअगाडि प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाएपछि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सभागृह क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो । सूर्यदर्शन सहकारीपीडितले पोखरामा समय–समयमा प्रदर्शन गर्दै आएका छन् ।

sahakari-pidit-(1)-1717570515.jpg

sahakari-pidit-(3)-1717570514.jpg

sahakari-pidit-(2)-1717570514.jpg

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्