site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अनशनरत दीपक भण्डारीको स्वास्थ्य अवस्थाबारे सरकारलाई ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद अधिकारीले अनशनमा रहेका दीपक भण्डारीको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले ‘अनशनमा रहेका दीपक भण्डारी लगायतका अनशनकारीहरूको अवस्था बिग्रिदै गएको’ भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

नेपालको संविधानको मौलिक हकमा अपांगतासम्बन्धी भएको व्यवस्था मात्र होइन २०७७ मा अपांगता नियमावलीमा भएको व्यवस्थाअनुसार अति अशक्त जो सहाराविहीन रहेको उल्लेख गरे । यी संवेदनशील अवस्थामा भएका अपांगता भएकालाई सहयोगको व्यवस्था गर्ने भनी नियमावलीमा रहेको भन्दै सांसद भण्डारीले भने, “त्योअनुसार अहिले सम्बन्धित मन्त्रालयको म जनयुद्ध जनआन्दोलनका अपांगताहरू त्यसैगरी प्राकृतिक अपांगता भएका अति संवेदनशीलहरू हुनुहुन्छ जसको सहारा छैन उहाँहरूलाई एकजनाको सहयोगीको व्यवस्था गर्न म सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्दछु ।” 

भण्डारी काठमाडौंको शान्तिबाटिकामा अनशनमा बसेका छन् । सरकारसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै अनशनमा बसेका हुन् । स्पाइनल कर्डको अपांगता भएका व्यक्तिलाई व्यक्तिगत वृत्ति, सहायक सामग्री र सामाजिक सहयोगको व्यवस्था गरिदिने सम्झौता भन्दै अपांगता भएका व्यक्तिहरूको समूह र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग चैत १४ गते सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै उनी अनशनमा बसेका हुन् । उक्त सम्झौता एक महिनाभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro