site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापान सरकारले थाल्यो टोयोटामाथि अनुसन्धान

टोक्यो । जापान सरकारले टोयोटा मोटर्समाथि गलत विवरणको विषयलाई लिएर अनुसन्धान थालेको छ । जापानको यातायात मन्त्रालयले टोयोटा मोटर्सको मुख्यालयमा मंगलबार अनसाइट अनुसन्धान थालेको छ । सो कम्पनीको केही मोडेलको प्रमाणित गर्न दिएको निवेदनको आधारमा मन्त्रालयले अनुसन्धान थालेको जनाइएको छ ।

जापानको यातायात मन्त्रालयले एक दिनअघि मात्र यसखालको अनुसन्धानको घोषणा गरेको हो । उसका अनुसार टोयोटा, माज्दा, होण्डा, सुजुकी र यामाहा मोटर्सले गलत वा  बढाइचढाइ गरिएका डेटा भेइकलको सर्टिफिकेसनका लागि गरिएको निवेदनका आधारमा अनुसन्धान गरेको जनाइएको छ । 

टोयोटाका अध्यक्ष तथा सो कम्पनीका संस्थापकका नाती अकिओ टोयोडाले यसबारेमा सेयरहोल्डर्ससँग माफी मागेका छन् । कारका शुभचिन्तक तथा सेयरहोल्डर्सले सोमबार यसबारेमा एक पत्रकार सम्मेलन गरेको रोयटर्सले जनाएको छ । 

द जापान टाइम्सका अनुसार टोयोटा समेत अन्य जापानका चार अटो मेकर्सरले टेस्टिङ डेटा गलत वा टेस्टिङ अनुपयुक्त ढंगको अवस्थामा भएको भन्ने हो । त्यसमा गलत तथ्यांक पेस गर्ने, इन्जिन कन्ट्रोल सफ्टवेयरको पुनर्लेखन, टेस्ट रिपोर्टमा गलत इन्ट्री, अनुपयुक्त अवस्थामा टेस्ट गराउनेलगायत रहेका जनाइएको छ । एजेन्सी
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro