site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेदरल्यान्ड्ससँग खेल्नुअघि युलेसस्थित मन्दिर दर्शन गर्न पुग्यो नेपाली टिम

काठमाडों । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्ससँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासस्थित युलेसमा रहेको पशुपतिनाथ मन्दिर र बौद्ध विहारको दर्शन गरेको छ । नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नुअघि टिमले युलेसस्थित पशुपतिनाथ मन्दिर र बौद्ध विहारमा पूजा–आराधना गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्ससँग आफ्नो पहिलो खेल खेल्दै छ । नेपाली समयानुसार राति सवा ९ बजे खेल सुरु हुनेछ ।

Dabur Nepal
NIC Asia

पूजाआजापछि सञ्चारकर्मीसँग नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपालले राम्रो तयारी गरिरहेको बताए । उनले नेपालले वेस्ट इन्डिज र अमेरिकामा गरी करिब एक महिना तयारी गरिसकेको उल्लेख गरे । टिमले राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको उनले बताए ।

उनले सन् २०१४ भन्दा टिमले धेरै गुणा राम्रो तयारी गरेको सुनाए । खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि मात्र सबैतिरको ढोका खुल्ने उनले बताए ।

“...२०१४ को भन्दा धेरै गुणा राम्रो तयारी छ । त्यो बेलामा यस्तो खालको तयारी कम हुने गर्दथ्यो । अहिलेको टिमले पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा छ,” उनले भने, “खेलाडीहरूले खेलेर उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने हो । उच्च मनोबलका साथ खेल्नुस् भनेका छौँ । सब खेलाडी उत्साहित हुनुहुन्छ । टीयूकै झल्को दिने गरी दर्शकहरूको उपस्थिति हुनेछ ।”

उनले दर्शकको उपस्थिति पनि बाक्लो रहने बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro