राजनीति
काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रतिवेदनसहित उक्त विधेयक पेस गरेका हुन् । यो विधेयक समितिमा दफावार छलफल भई सर्वसम्मत रूपमा पारित गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ ११:४२
प्रतिक्रिया दिनुहोस्