site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिट्रोनको ई–सी३ साइन विद्युतीय गाडी ३६ लाखमा, यस्तो छ फिचर

काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको विद्युतीय गाडी (ईभी) सिट्रोन ई–सी३ साइन सार्वजनिक भएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले यो प्रिमियम मोडल औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार सिट्रोन ई–सी३ साइनमा उत्कृष्ट ड्राइभिङ अनुभवका लागि अगाडि र पछाडि स्किड प्लेट, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर ¥याप्ड स्टेयरिङ ह्वील, एलोय ह्वील र इलेक्ट्रिकल ओआरभीएम जस्ता फिचर छन् ।

यसको सुरुआती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । सांग्रिला मोटर्सले गाडीको ब्याट्रीको दिगो व्यवस्थापनका लागि भारतको सबैभन्दा ठूलो लिथियम–आयन ब्याट्री लाइफ साइकल म्यानेजमेन्ट कम्पनी लोहमक्लिनटेक प्राइभेट लिमिटेडसँग साझेदारी गरेको बताएको छ ।

गाडीलाई डीसी फास्ट चार्जरबाट ५७ मिनेटमै १० देखि ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । गाडीमा २९.२ किलोवाट आवरको ब्याट्री रहेको छ भने मोटर पावर ५७ पीएस छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro