site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जलनको सघन उपचार कक्ष सबै प्रदेशमा विकास गर्न नसक्नु सरकारको असफलता : कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले जलनको सघन उपचार कक्षको विकासका निम्ति सबै प्रदेशमा आवश्यक बजेट नछुट्ट्याइनु सरकारको असफलता भएको बताएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले वीर अस्पतालमा जलनको सघन उपचार कक्षको विकासका लागि बजेट छुट्ट्याइएको उल्लेख गरिन् । तर, प्रदेशका निम्ति त्यस्तो बजेट नछुट्ट्याइनुलाई उनले सरकारको असफलताको संज्ञा दिइन् ।

Dabur Nepal
NIC Asia

“वीर अस्पतालमा जलनको सघन उपचार कक्षको विकासका लागि बजेट छुट्ट्याइए पनि यो सुविधा हरेक प्रदेशमा उपलब्ध उराउन नसक्नु सरकारको असफलता हो,” उनले भनिन्, “धेरै क्षेत्रीय अस्पतालहरूको क्षमता ५०० शय्यामा वृद्धि गर्ने योजनामा आवश्यक जनशक्तिको व्यवस्थापनको अभाव फेरि पनि देखिएको छ । मानव प्रत्यारोपण केन्द्रले उदाहरणीय सेवा प्रस्तुत गर्दा गर्दै पनि यसको भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान दिएको पाइएन ।” 

स्वास्थ्य क्षेत्रमा ८६ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएकामा उनले आपत्ति जनाइन् । यो कुल बजेटको ४.६४ प्रतिशत हो । विश्व स्वास्थ्य संगठनले कुल बजेटको १० प्रतिशत रकम स्वस्थ्य क्षेत्रमा छुट्ट्याउन सिफारिस गरेको उनले बताइन् ।

जनप्रतिनिधिले संसद् बैठकमा उठाएका विषयलाई सरकारले ध्यान नदिएको भन्दै उनले गुनासो गरिन् । औषधिमा आत्मनिर्भर बन्ने योजना पनि नभएको उनले टिप्पणी गरिन् । मधेश प्रदेशमा कम बजेट छुट्ट्याइएको भन्दै उनले असन्तुष्टि जनाइन् ।

निर्वाचनकेन्द्रित विकास निर्माण आयोजना र सार्वजनिक खरिद ऐनमा तजबिजी हटाउनुपर्ने उनको सुझाव छ । प्रत्येक वर्षजसो बजेटलाई सरकारले अति महत्त्वाकांक्षी बनाउने गरेको उनको भनाइ छ ।

बजेटले घरेलु लगानीकर्तालाई सहुलियत दिन नसकेको पनि उनले बताइन् । बजेटका कतिपय कार्यक्रम राम्रा भए पनि पूर्वाधार विकासका कारण यी पूरा हुन सक्नेमा आशंका उब्जिएको उनले उल्लेख गरिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro