site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राज्यका सबै तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्यो : एकीकृत समाजवादी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले पुनरुत्थानवादी शक्तिलाई हौसला दिएको जनाएको छ ।

आइतबार काठमाडौंमा दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिलाई हौसला दिएको बताइएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका महासचिव घनश्याम भुसालले पुनरुत्थानवादी शक्तिले सामाजिक र साम्प्रदायिक सद्भाव र एकतालाई खलबल्याउने प्रयत्न गरिरहेको जिकिर गरे । उनले राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको उल्लेख गरे । उनले रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने आवश्यकता औँल्याए ।

आउँदो आसर १६ देखि २० गतेसम्म एकीकृत समाजवादीको महाधिवेशन गरिँदै छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro