site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बयलपाटा अस्पताललाई तत्काल बजेटको व्यवस्था गर्नुपर्छ : सांसद कुँवर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले अछामस्थित बयलपाटा अस्पतालका निम्ति तत्काल आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सरकारले बजेट नदिँदा उक्त अस्पताल बन्द हुने अवस्थामा पुगेको उनले बताए । यही असार मसान्तभित्र बजेटको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए ।

Argakhachi Cement Island Ad

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सांसद कुँवरले आमनागरिकलाई निःशुल्क उपचार गराइरहेको उक्त अस्पतालको नौ करोड रुपैयाँ बजेट कटौती गर्ने काम सरकारले गरेको भन्दै आक्रोश व्यक्त गरे ।

“बयलपाटा हस्पिटल बन्द हुने अवस्थामा पुगेको छ । अछाममा निःशुुल्क उपचार गराएको सो अस्पतालमा सरकारले नौ करोड बजेट नदिँदा त्यहाँ कर्मचारी तलब खान नपाउने अवस्थामा पुगेका छन्,” उनले भने, “त्यसकारण तत्काल सो अस्पतालमा असार मसान्तभित्र बजेटको व्यवस्था गर्न म सरकारसँग माग गर्न चाहन्छु ।”

उनले बाढी, पहिरो, आगलागीबाट हुने क्षतिका निम्ति राहतको व्यवस्था गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताए । देशभरमा आगलागीबाट ठूलो क्षति भए पनि पीडितलाई राहत दिने विषयमा सरकारले ध्यान नदिएको भन्दै उनले गुनासो गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्