site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंसहित केही स्थानमा वर्षा, यस्तो हुनेछ आइतबारको मौसम

काठमाडौं । देशका केही स्थानमा आइतबार (भोलि) वर्षाको सम्भावना छ । शनिबार पनि कोसी, वाग्मती (काठमाडौंसहित), गण्डकी प्रदेशलगायत केही स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल)को सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले बताए ।

“तराईमा पनि केही बदली त हुने सम्भावना छ, तर मुख्यतया सफा हुनेजस्तो देखिन्छ,” उनले बाह्रखरीसित भने, “विशेष गरी कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । अरू एक/दुई स्थानमा पनि सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”

हाल देशमा स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुका कारण काठमाडौंसहित शनिबार देशका विभिन्न स्थानमा वर्षा भएको उनले बताए ।

आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । काठमाडौंमा पनि हल्कादेखि मध्यम वर्षाकै सम्भावना रहेको उनले बताए । “काठमाडौंमा भोलि बिहानपख पनि पानी पर्ने सम्भावना छ,” उनले भने, “तर, दिउँसो वर्षाको सम्भावना बढी छ ।”

काठमाडौंमा आइतबार बिहान घामको पनि सम्भावना रहेको उनले बताए । दिउँसो भने बदली हुने देखिएको उनले स्पष्ट पारे । “बादल हुने, खुलेको जस्तो उज्यालो हुने, घामचाहिँ बिहान हुन्छ,” उनले भने, “दिउँसो, अपराह्न बादल र वर्षाको सम्भावना देखिन्छ । घामको सम्भावना छैन ।”

आइतबारको तुलनामा सोमबार र मंगलबार वर्षाको सम्भावना कम रहेको उनले बताए । नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने देखिएको उनले उल्लेख गरे । नेपालमा मनसुनी प्रभाव सुरु नभएको उनले जानकारी दिए । स्थानीय र पश्चिमी वायुकै प्रभाव रहेको उनले स्पष्ट पारे ।

eqkfmkgm-1717254850.jpg

पछिल्लो ६ घण्टाको वर्षाको विवरण । जल तथा मौसम विज्ञान विभागको वेबसाइटबाट शनिबार राति ८ः५० बजे लिइएको स्क्रिनसट ।



 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro