site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुबाको 'हत्या गरेर' फरार भएका छोरा पक्राउ
प्रतीकात्कम तस्बिर ।

इलाम । इलाममा बुबाको हत्या गरेर फरार भएको आरोप लागेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार भएको आरोपमा ३५ वर्षीय रामबहादुर राईलाई आज पक्राउ गरिएको हो ।

रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

“उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ,” उनले भने ।

प्रहरीका अनुसार घरायसी विवादमा रामबहादुरले बुबा दिलबहादुरलाई चिर्पटले हिर्काएर सख्त घाइते बनाएका थिए । उनको उपचारका लागि झापाको बिर्तामोड अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro