site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन सार्वजनिक गरेनन् ‘पुजार सार्की’ र ‘फर्की फर्की’ले बक्सअफिस रिपोर्ट ? 

काठमाडौं । चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ रिलिज भएको आज नौ दिन भयो । तर, यी चलचित्रले बक्सअफिसमा कति कलेक्सन गरे निर्माता र वितरकले सार्वजनिक गरेका छैनन् । दुईवटै चलचित्रका निर्माता र वितरकले अहिलेसम्म किन बक्सअफिस रिपोर्ट सार्वजनिक गरेका छैनन् ? जबकि, उच्च कलेक्सन गर्ने सिनेमाका वितरकले पहिलो दिनकै बक्सअफिस रिपोर्ट सार्वजनिक गर्छन् । दुई दिन, तीन दिन र एक साताको रिपोर्ट सार्वजनिक गर्ने गरेका छन् । 

तर ‘पुजार सार्की’ र ‘फर्की फर्की’ले किन बक्सअफिस रिपोर्ट दिएनन् ? ‘फर्की फर्की’का निर्माता रोहित अधिकारी आफ्नो टिममा बक्सअफिस रिपोर्ट सार्वजनिक नगर्ने सहमति भएको बताउँछन् । “हाम्रो टिममा बक्सअफिस रिपोर्ट बाहिर नदिने सहमति भएको छ, त्यही भएर अहिलेसम्म रिपोर्ट नआएको हो,” उनले भने, “हामी टिममा सल्लाह गरिरहेका छौँ । केही समयपछि सार्वजनिक गर्न पनि सक्छौँ ।” 

चलचित्र ‘पुजार सार्की’का निर्देशक दिनेश राउतको भनाइ पनि रोहितको भन्दा फरक छैन । “मेरो चलचित्रको बक्सअफिस रिपोर्ट एक हप्तामा मात्रै सार्वजनिक गर्ने गरेका थियौँ,” दिनेश भन्छन्, “तर, यसको एक हप्तामा पनि सार्वजनिक गरेनौँ । यसको कारण हामीलाई चलचित्र विकास बोर्डले दिएको बक्सअफिस रिपोर्ट र वितरकले दिएको तथ्यांक फरक छ । त्यसैले पनि सार्वजनिक गरेका छैनौँ ।” 

बक्सअफिसमा नजोडिएका हलको संख्या पनि थुप्रै रहेकाले बोर्डले दिने रिपोर्टमा भन्दा वितरकको रिपोर्टमा आउने कलेक्सनको रिपोर्ट धेरै हुन्छ । स्रोतका अनुसार दुईवटा चलचित्रको कुल बक्सअफिस कलेक्सन आठ करोड हाराहारीमा रहेको छ । दुवै चलचित्रले चार करोडको वरिपरि ग्रसकलेक्सन गरेका छन् ।

“दुवैको करिब–करिब बराबरीजस्तै कलेक्सन छ । धेरै अन्तर छैन,” स्रोतले भन्यो । काठमाडौं र पूर्वी नेपालमा ‘फर्की फर्की’को कलेक्सन राम्रो छ । तर, पश्चिम नेपालमा भने ‘पुजार सार्की’मा धेरै दर्शक छन् । त्यसैले यी दुईको ग्रसकलेक्सनमा धेरै अन्तर नरहेको स्रोत बताउँछ । 

बक्सअफिस रिपोर्ट सार्वनिक गर्दा जसको कलेक्सन कम भए पनि त्यो चलचित्रको मुख्य कलाकारको स्टारडम तुलनात्मक रूपमा अर्को कलाकारको भन्दा कम रहेको सन्देश जाने भन्दै कसले पहिला सार्वजनिक गर्ने एकले अर्कोलाई पर्खिएको स्रोतले बताएको छ । एउटाले सार्वजनिक गर्नेबित्तिकै अर्को चलचित्रले बक्सअफिस रिपोर्ट केही बढाएर सार्वजनिक गर्ने तयारीमा रहेको स्रोत बताउँछ । 

“बोर्डमा आउने बक्सअफिस रिपोर्टभन्दा बाहिर वितरककोमा पनि हिसाब आउने भएकाले चाहेको खण्डमा रिपोर्ट तलमाथि पारेर भन्न सकिने अवस्था छ,” स्रोतले भन्यो, “त्यसैले दुवै टिम कसले पहिला बक्सअफिस रिपोर्ट सार्वजनिक गर्छ भनेर कुरेर बसिरहेका छन् ।” यी दुई चलचित्रले रिलिज डेट लिएदेखि नै अनमोल केसी र प्रदीप खड्काबीचको स्टारडमको भिडन्तका रूपमा लिइएको थियो । 

दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘पुजार सार्की’मा प्रदीप खड्का, आर्यन सिक्देल, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बू मुख्य भूमिकामा छन् ।

‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका छन् । यसको मुख्य भूमिकामा अनमोल केसी र जसिता गुरुङ छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro