site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी सांसदहरूको सुझाव– बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ 

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का सांसदहरूले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनीहरूले बजेट राजनीतिक, आर्थिक र सत्ता समीकरणलाई समेत ध्यानमा राखेर सन्तुलित र सही ढंंगले आएको निष्कर्ष निकाल्दै यसको कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका हुन् । 

Argakhachi Cement Island Ad

पार्टीका सांसदहरूले देशको अर्थ व्यवस्था, राजनीतिक अवस्था, सत्ता समीकरणलाई समेत ख्याल गरेर आएकाले त्यसको कार्यान्वयनमा जोड गरेर जानुपर्छ भन्ने सुझाव बैठकमा दिएको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

“यो बजेट अहिलेको सापेक्षतामा हाम्रो देशका अर्थ व्यवस्था, राजनीतिक अवस्था, हामी समीकरणका साथ जसरी अघि बढिराखेका छौं । यो सबै हिसावले अहिलेको बजेट सन्तुलित छ । यसले सही दिशा पक्रेको छ । अब यसलाई कार्यान्वयनका लागि जोड गरेर जानुपर्छ भन्ने नै माननीय सदस्यहरुको सुझाव आयो,” उनले भने, “टीआरसीसँग सम्बन्धित विधेयक, निजामती कर्मचारी सेवासम्बन्धी विधेयक, विद्यालय शिक्षा विधेयक, जो आईसकेका छन् । र कोही अन्तिममा पनि पुगेको छन । ती विधेयकहरूको काममा पनि त्यत्तिकै तिब्रताका साथ जाने भन्ने किसिमको निर्णय भएको छ ।’

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्