site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खुकुरी रमले ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने

काठमाडौं । रम ब्रान्ड खुकुरीले रम–प्रवर्द्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ । बेलायतीमूलका इयान बरेल विश्व रम उद्योगमा विशेषज्ञतासहित तीन दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउने सर्वसम्मानित ‘एडु टेनर’ हुन् ।

आगामी जुन ३ र ४ मा आयोजना हुने यो कार्यक्रमले ग्लोबल रम एम्बेसडरमार्फत नेपाली रम उद्योगकै सर्वप्रिय रोजाइ खुकुरी रम र यसको विशुद्ध नेपाली स्वाद प्रस्तुत गर्दै विश्वसामु नेपाली उत्पादन र शिल्प प्रवर्द्धन गर्ने कम्पनीले जनाएको छ ।

इयान बरेलले आफ्नो मिक्सोलोजी, रम उत्पादन, रम उद्योगका पछिल्ला प्रवृत्तिहरूमा आफ्नो अनुभवबाट ज्ञानबर्द्धक कुराहरू मास्टर क्लासमार्फत प्रस्तुत गर्नेछन् । साथै प्रशिक्षात्मक कार्यक्रममा सहभागी हुनेहरूले रम टेस्टिङ, नेटवर्किङलगायतको अनुभव लिन सक्नेछन् । यो कार्यक्रम, नेपाली रम पारखी तथा विशेषत: बारटेन्डरहरूलाई अन्तर्राष्ट्रिय उद्योगकोबारेमा जानकारी लिने, सीप अभिवृद्धि गर्ने र नेटवर्क बनाउने सही अवसर हो ।

खुकुरी रमको उत्पादक द नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले नेपालमै यस किसिमको पहिलो कार्यक्रमको लागि ग्लोबल रम एम्बेसेडर इयान बरेलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

सन् १९५९ देखिको लामो विरासत बोकेको खुकुरी रम विश्वसनीय गुणस्तर, अतुलनीय स्वाद र उत्कृष्ट रम उत्पादन शिल्पको लागि नेपाल तथा विश्वका उपभोक्ता तथा रम पारखीहरू माझ प्रख्यात ब्रान्ड बनेको पनि बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro