site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफूलाई सादा पोसाकको प्रहरी बताएर सुन पसल लुट्ने भाग्यराम पक्राउ

काठमाडौं । प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ४८ वर्षीय भाग्यराम पाइन रहेका छन् । उनी पछिल्लो समय काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित अत्तरखेलमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनीसहितको एक समूहले गएको जेठ १३ गते राति ११ बजेतिर काठमाडौंस्थित कपनको मुस्कान चोक नजिकैको जयविक्रम बिकको सोहिल बाह्रबिसे सुनचाँदी पसलबाट लुटपाट गरेको थियो ।

प्रहरीका अनुसार सुरुमा उनीहरूले बिकलाई आफूहरू अनुसन्धान कार्यालयबाट आएको सादा पोसाकको प्रहरी भएको बताएका थिए । आफूहरूको सुन पसलको अनुसन्धान गर्न आएको उनीहरूको भनाइ थियो । त्यसपछि ३–४ जनाको समूहले बिकलाई कुटपिट गरेर पसलमा रहेका सुनका विभिन्न गरगहना अन्दाजी ५ तोला र मोबाइल लुटपाट गरेर फरार भएका थिए ।

अनुसन्धानको क्रममा गएको सोमबार भाग्यराम पाइनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई चोरी गरी लगेका केही सुनका गरगहनासहित पक्राउ गरिएको र थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।

लुटपाटमा संलग्न अन्य तीनजना फरार छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro