अर्थ व्यवसाय

काठमाडौं । सरकारले आर्थिक विधेयक, २०८१ मा पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई मूल्य अभिवृद्धि कर (भ्याट) छुट हुने अनुसूचीमा राखेको छ ।
विधेयकमा एचएस कोड ८७०३ अन्तर्गतका सबै पेट्रोल तथा डिजेल गाडीलाई भ्याट छुट हुने वस्तु तथा सेवाको अनुसूची १ मा राखिएको हो ।
यसअघि आर्थिक विधेयक २०८० ले ८७०३ अन्तर्गत एम्बुलेन्स र शववाहन तोकेर भ्याट छुट दिने व्यवस्था थियो । विद्युतीय गाडी (ईभी)मा कर बढाएको सरकारले पेट्रोलियम गाडीमा भ्याट छुट दिएको हो वा गल्ती भएको हो भन्ने अन्योल छ ।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १४:३१
प्रतिक्रिया दिनुहोस्