site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निजी क्षेत्रसँग मिलेर आर्थिक समृद्धि हासिल गर्ने गरी बजेट बनाइएको छ : अर्थमन्त्री पुन 
Dabur Nepal
NIC Asia

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रसँग मिलेर नै आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले त्यही अनुसारको बजेट बनाइएको बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले निजी क्षेत्रसँगको सहकार्यमा मात्र समृद्धि हाँसिल गर्न सकिने बताएका हुन् । 

नयाँ चरणको आर्थिक सुधार गर्ने गरी बजेट बनाइएको भन्दै निजी क्षेत्रलाई सरकारसँगै हिँडाउनुपर्नेमा जोड दिए । प्रदेशगत रूपमा पनि आर्थिक क्षेत्रको पहिचान गरिएको उनले बताए । कोसी प्रदेशलाई उद्योग हबको रूपमा विकास गर्ने र काठमाडौंलाई आइटी हबको रूपमा विकास गरिने तयारी गरिएको पनि उनले बताए ।

पूर्वाधारलाई आर्थिक मूल केन्द्रका रूपमा केन्द्रित गरेको पनि उनको भनाइ छ । मन्त्री पुनले मंगलबार १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro