विदेश
मिजोरम । भारतको मिजोरमको राजधानी आइजोलमा आएको पहिरोबाट एक पत्थर खानीमा ११ जनाको मृत्यु भएको छ । सो घटनामा कयौं मानिस माटोमा पुरिएको अनुमान गरिएको छ ।
मुख्यमन्त्री लाल दुहोमाले सबै घटनामा गरी मृत्यु हुनेको संख्या बिहानसम्ममा १५ पुगेको छ । उनका अनुसार चक्रवाती तुफान रेमलका कारण प्रभावित पीडितलाई राहत पुर्याउन १५ करोड रुपैयाँ छुट्याइएको छ ।
उनका अनुसार मृतकका परिवारलाई प्रतिमृतक चार लाख रुपयाँ दिइने जनाइएको छ । सो क्षेत्रमा भीषण वर्षा समेत भइरहेको जनाइएको छ । आँधीका कारण बिजुलीको खम्बा र रुख पनि ढलेका छन् । इन्डियन एक्सप्रेस
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १४:४६
प्रतिक्रिया दिनुहोस्