site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साउदी प्रो लिगमा रोनाल्डोको कीर्तिमान

काठमाडौं । साउदी प्रो लिगमा अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएका छन् । रोनाल्डोले प्रो लिगको एकै सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

प्रो लिगमा अल नासरले सोमबार अल इत्तिहादविरुद्ध ४–२ को जित निकाल्दा रोनाल्डोले दुई गोल गरेका थिए । उक्त दुई गोलसँगै प्रो लिगमा रोनाल्डोले कुल ३५ गोल पुर्‍याएका हुन् । उनले यसअघि सन् २०१८–१९ को सिजन अब्देररजाक हम्दल्लाहले गरेको ३४ गोलको कीर्तिमान तोडेका हुन् ।

जितसँगै अल नासरले ३४ खेलबाट ८२ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेर लिग टुंग्याएको छ । समान खेलबाट ९६ अंक जोडेको अल हिलाल प्रो लिग च्याम्पियन बन्दा ६५ अंक जोडेको अल–अह्ली साउदी तालिकाको तेस्रो स्थानमा छ ।

सन् २०२३ मा ‘फ्रि ट्रान्सफर’ मा अल नासर अनुबन्धित भएका रोनाल्डोले हालसम्म ६९ खेल खेल्दा ६४ गोल गरेका छन् । यस्तै, स्पोर्टिङ लिस्बनबाट व्यावसायिक करियरको सुरुआत गरेका रोनाल्डोले हालसम्म म्यानचेस्टर युनाइटेड, रियाल मड्रिड र युभेन्टसबाट गरी कुल ७६५ गोल गरेका छन् ।

पोर्चुगलबाट २०६ खेल खेलेका रोनाल्डो १२८ गोलसहित अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro