राजनीति
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्नेछ ।
प्रतिनिधिसभाको आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन बैठक बस्न लागेको हो । आज सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै छ ।
कांग्रेस संसदीय दलको बैठकपछि ११ बजे पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठक बस्नेछ । उक्त बैठकले सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ ०८:११
प्रतिक्रिया दिनुहोस्