site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
के छ प्रतिनिधिसभाको दोस्रो बैठकको सम्भावित कार्यसूची ?
फाइल तस्बिर । 

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज दुईवटा बैठक बस्दै छ । पहिलो बैठक दिउँसो १ बजे बस्नेछ । जसमा आगामी आर्थिक वर्षको बजेट पेस हुनेछ । 

आजै संसद्को दोस्रो बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे बस्नेछ । उक्त बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धि पत्र पढेर सुनाउनेछन् । 

Argakhachi Cement Island Ad

बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

सांसद प्रेम सुवालले ‘लगानी सहजीकरण सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन् । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ स्वीकृतका लागि प्रस्ताव गर्ने, अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची छ । 

अर्थमन्त्री वर्षमान पुनले नै ‘आर्थिक विधेयक, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्