
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी १२ प्रो प्लस चाँडै ल्याउने भएको छ । आकर्षक डिजाइन तथा अत्याधुनिक प्रविधिको साथ ग्राहकहरूको मन जित्दै रियलमी १२ प्रो प्लसले नेपालको स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने रियलमीको अपेक्षा छ ।
डिजाइन र डिस्प्ले
रियलमी १२ प्रो प्लसमा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ । जसले प्रयोगकर्ताहरूलाई रंगीन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्दछ । फोनसँगको हरेक अन्तर्क्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो प्लसमा १२० हर्ट्जको रिफ्रेस रेट राखिएको छ ।
दमदार पर्फर्मेन्स तथा स्टोरेज
क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो प्लसमा धेरै एपहरू चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जीबीको र्यामसँग ५१२ जीबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकताअनुसार २४ जीबीसम्म बढाउन पनि सकिन्छ ।
अत्याधुनिक क्यामरा
फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरूको लागि रियलमी १२ प्रो प्लसको क्यामरा अति उपयोगी हुन्छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि६४बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८९० ओआईएस क्यामरा, आठ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एंगल क्यामरा र ३२ मेगा पिक्सेलको सोनी आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरू रियलमी १२ प्रो प्लसमा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरूले प्रयोगकर्तालाई अटो जुम, सुपर नाइटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ जस्ता फिचरहरू प्रदान गर्दछ ।
६७ वाटको सुपरभोक सुपरफास्ट चार्जिङयुक्त पाँच हजार एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रो प्लसका प्रयोगकर्ताहरूले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ एडप्टर तथा यूएसबी टाइप–सी केबल निःशुल्क पाइने बताइएको छ ।
नेपालमा रियलमी १२ प्रो प्लसको १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको भेरियन्ट उपलब्ध हुने अनुमान गरिएको छ ।