site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएन : कांग्रेस
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरूकाे बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद जीवन परियारले यस्तो आरोप लगाएका हुन् । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भए पनि सत्तापक्षका अन्य राजनीतिक दलहरु गम्भीर नभएको बताए । कांग्रेसले लामो समयदेखि सहकारीपीडितहरूको अविलम्ब बचत रकम फिर्ताको सुनिश्चितता खाजेको उनको भनाइ छ । 

सहकारीको बचत रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । सांसद परियारले सही ढंगबाट छानबिन हुनुपर्ने कांग्रेसको माग रहेको बताए । 

“हामी अत्यन्त गम्भीर भएका छौँ । नेपाली कांग्रेस पार्टीले लामो समयदेखि अघिल्लै सदनदेखि नै लाखौँ लाख सहकारीपीडितहरू, बचतकर्ताहरूको बचतको सुरक्षा र ति पीडितहरूले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खोजेका छन् । पहिलो प्राथमिकता त्यसमा छ । सहकारी विभागले समस्याग्रस्त सहकारीको सूची सार्वजनिक गर्ने गरेको छ । अहिले ६ दर्जन सहकारी संस्थाले रकम अपचलन गरेको कुरा हामीले सुन्दै आएका छौँ,” उनले भने, “लाखौँ लाख बचतकर्ताको रकम कसरी बचतकर्ताको हातमा पुग्छ, पहिलो प्राथमिकता छ । हामीले माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजीले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेका छन् । त्यसको सही ढंगबाट छानबिन हुनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो । सत्ता पक्षले प्रस्तावमा सकारात्मक छाँै भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्योलता आएको छ । हामीले जनताको बचत रकम फिर्ता र सुनिश्चित गर्ने कुरामा केन्द्रित छाैँ । प्रधानमन्त्रीको पहल कदमी सकारात्मक छ । तर, सम्पूर्ण सत्ता पक्ष समस्या समाधान भन्नेतर्फ भन्दा पनि समस्यालाई अल्झाइरहने जस्तो देखिन्छ ।”
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro