site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भेरीगंगाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले नदीजन्य पदार्थ ठेक्कामा लगाउँदा ३६ लाख ७८ हजार ५४३ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुुद्दा दायर गरेका अन्यमा भेरीगंगा नगरपालिकाका तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडा, तत्कालीन इन्जिनियर विजयकुमार खत्री, सबइन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सहलेखापाल छविलाल सुनार छन् ।

यस्तै, न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरिबहादुर क्षेत्री, नवराज कन्सट्रक्सनका प्रोपाइटर नवराज ढकाल र एन्जल कन्सट्रक्सनका प्रोपाइटर भीमबहादुर बुढा क्षेत्रीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरको छ ।

भेरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा नदीजन्य पदार्थहरू ढुङ्गा/बालुवा ठेक्का दिँदा कानुन मिचेर आर्थिक अनियमितता गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

अनुसन्धानमा उनीहरूले प्रक्रियाविपरीत पहिलोबाट एकैचोटि चौथो योग्य बोलपत्रदातासँग सम्झौता गर्नेजस्ता कानुनविपरीतका कार्य गरी ३६ लाख ७८ हजार ५४३ रुपैयाँ बराबरको राजस्व रकम हानिनोक्सानी गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro