site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान कायमै 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिन गर्न गठित संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने आफूहरूको अडान कायमै रहेको स्पष्ट पारेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्यादेश बनाउन गठित कार्यदलका सदस्यसमेत रहेका सांसद जीवन परियारले आफूहरू गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको स्पष्ट पारेका हुन् ।

उनले सत्तापक्ष विभिन्न शब्दहरूमा खेलिरहेको आरोप पनि लगाए । विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग सम्बद्ध पदाधिकारीहरूलाई छानबिनको दायरामा नल्याएसम्म कांग्रेस नमान्ने जिकिर गरे । उनले कार्यादेशमा सहमति भएर संसदीय छानबिन समिति बनेन भने बजेट प्रस्तुत हुँदा पनि आफूहरूको आन्दोलन जारी रहने उनको भनाइ छ ।

"भोलिसम्म सहमति गरेर टीओआर बनेर छानबिन समिति बन्यो संसद्‌बाट भने सहज ढंगबाट बजेट आउँछ । होइन भने हाम्रो विरोध जारी रहन्छ । विपक्षी उभिँदा पनि संसद् चलाउनु लोकतन्त्रकै उपहास हो," उनले भने ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्