site stats
बाह्रखरी :: Baahrakhari
देश
तिनाउ नदीमा डुबेर किशोरको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित तिनाउ नदीमा डुबेर शनिबार एकजनाको मृत्यु भएको छ । दहमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय दिव्याम्स भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

साथीहरूसँग फुटबल खेल्न गएका ती किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । त्यसलगत्तै प्रहरी टोली घटनास्थल पुगे पनि भुसाल मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्