site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्को गरिमा र ओझ खस्कँदै गयो : सापकोटा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओझ खस्कँदै गएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संसद्‌मा हुने बहस, छलफल, शब्द चयन स्तरहीन, मर्यादाहीन भएको उनले उल्लेख गरे । उनले संसद्‌मा राम्रोसँग संसदीय गतिविधि सञ्चालन हुन नसकेको बताए । उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रूपमा देखिएको सुनाए ।

आउँदो आर्थिक वर्षको बजेट कुनै पनि रोकटोकबिना संसद्‌मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको उनले बताए । राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको उनको भनाइ छ ।

“...सदन सुचारु गर्नका लागि दिनदिनै छलफल चलिरहेको छ । अहिले पनि छलफल जारी छ । निरन्तर जारी छ । नेतृत्व तहमा पनि छलफल चलिरहेको छ,” उनले भने, “भोलिसम्म सहमतिको वातावरण बन्ने आशा गर्न सकिन्छ । सकारात्मक वातावरण बनिरहेको भनिएको छ । कुनै न कुनै तरिकाले सहमति बन्छ र निकास निस्किन्छ ।” 

उपाध्यक्ष सापकोटाले देश अहिले छटपटी, उकुसमुकुस वातावरणमा रहेको उल्लेख गरे । उनले देशमा विचारहीनको स्थिति सिर्जना भएको बताए । न्युज एजेन्सी नेपाल 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro