site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वतन्त्र प्रेसविना स्वतन्त्र न्यायपालिकाको कल्पना गर्न सकिँदैन : प्रधानन्यायाधीश 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यायपालिकाविनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेसविनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न नसकिने बताएका छन् । शुक्रबार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले न्यायपालिका र सञ्चारजगत लोकतन्त्रका महत्वपूर्ण आधारस्तम्भ भएको बताए । उनले न्यायपालिका र सञ्चारजगतको अभावमा लोकतन्त्र बलियो हुन नसक्ने जिकिर गरे । उनले स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितताविना कानुनको शासन समृद्ध बन्न नसक्ने बताए । 

नेपालको संविधानको प्रस्तावनामा नै पूर्णप्रेस स्वतन्त्रता, सक्षम, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणालाई आत्मसाथ गरेको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रतालाई एकअर्काको परिपूरक र अन्तरसम्बन्धित आवरण वा मान्यताका रूपमा लिने गरिएको बताए । उनले न्यायपालिका र सञ्चारक्षेत्रको भूमिका र जिम्मेवारी फरक भए पनि लक्ष्य, उद्देश्य एउटै रहेको बताए । 

प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाको आवाज भनेकै सञ्चारमाध्यम भएको बताए । उनले सञ्चारमाध्यमबाटै न्यायपालिकाको काम कारबाही र फैसलाको यथार्थ अवस्था आम नागरिकसमक्ष पुग्ने बताए । न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्न सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताए । 
    
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले अदालतको समाचार रिपोर्टिङलाई विशेष रिपोर्टिङका रूपमा स्थापित गराउनुपर्ने बताए । उनले राजनीतिक रिपोर्टिङबाट अदालती रिपोर्टिङलाई निकालेर छुट्टै विशेष रिपोर्टिङ बनाउन बाँकी रहेको बताए । 

न्यायाधीश फुयाँलले ‘हाइ प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको बताए । उनले अदालती रिपोर्टिङमा केही चुनौती अझै रहेको बताए । उनले अहिलेको अदालती रिपोर्टिङ राजनीतिक रिपोर्टिङसँग जोडेर लिने गरिएको उल्लेख गरे । न्यायाधीश फुयाँलले कतिपय न्यायाधीशहरू पनि मिडिया ट्रायलको प्रभावमा पर्ने गरेको भन्दै मिडिया ट्रायल प्रभावमा न्यायाधीशहरु बहकिनु नहुने बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro