site stats
बाह्रखरी :: Baahrakhari
देश
हेटौँडा सवारी दुर्घटनामा एकजनाको मृत्यु
Argakhachi Cement Island Ad

मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गएराति बसको ठक्करबाट एकजनाको मृत्यु भएको हो । 

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार शव हेटौंडा अस्पतालमा राखिएको छ ।

उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्