site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले भन्यो– सभामुखको छेउमा बस्नेको दुईवटा नागरिकता छ किन पक्राउ गरिएन ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसले संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता प्रकरण उठाएको छ ।

प्रतिनिधिसभामै यो विषय उठाउने तयारी भए पनि सभामुखले बोल्न नदिएपछि बाहिर उठाउनुपरेको कांग्रेसले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पाण्डेयका नाम नलिइ भने, “सभामुखको अगलबगलमा, छेउमा बस्ने व्यक्तिको दुईवटा नागरिकता र पासपोर्ट छ भन्ने कुरा सार्वजनिक भएको होइन ? उहाँ पक्राउ पर्नुभएको छ ? मैले नाम बिर्सिएँ । उहाँ गिरफ्तार हुनुभएको छ र ? अहिले भर्खरै मैले हेरेर आएको छु । गृहमन्त्रीको राहदानीको कुरा छ उहाँ पक्राउ पर्नुभएको छ ?”

उनले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई सहकारी र गिरीबन्धु प्रकरणलाई ओझेलमा पार्नका लागि पक्राउ गरिएको हुँदा आफूहरुले समर्थन गरेको शर्माले बताए ।

Global Ime bank

“दुईवटा पासपोर्टको विषयमा गिरफ्तारी नगरी गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गरिएको होइन र ?,” उनले प्रश्न गर्दै भने, “कैलाश सिरोहियालाई बदलाका लागि पक्राउ गरिएको हो ।”

संसद्का महासचिव पाण्डेयले दुईवटा नागरिकता र दुईवटा राहदानी लिएको सम्बन्धमा बाह्रखरीसहित विभिन्न मिडियाले समाचार प्रकाशित गर्दै आएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement