site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कूटनीतिक सीप र दक्ष जनशक्ति अहिलेको आवश्यकता : परराष्ट्रमन्त्री श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तित विश्व प्रविधिको तीब्र विकासबाट उत्पन्न अवसर र चुनौतीको सामना गर्नसक्ने कूटनीतिक सीप र दक्ष जनशक्ति अहिलेको आवश्यकता भएको बताएका छन् ।

बिहीबार नेपाल परराष्ट्र सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले परिवर्तित विश्वमा भएको प्रविधि र तीब्र विकासबाट उत्पन्न अवसर र चुनौतीको सामना गर्न ज्ञानमा आधारित अध्ययन, अनुसन्धान र विश्लेषण क्षमता भएको जनशक्ति मुलुकको लागि आवश्यक रहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री श्रेष्ठले नेपालको परराष्ट्र सेवामा भएको ३०० भन्दा कम संख्याको जनशक्तिबाट ३२ देशमा अवस्थित ४० नेपाली कूटनीतिक नियोगहरूबाट नेपालको प्रतिनिधित्व प्रमुख विश्व तथा क्षेत्रीय मञ्चहरूमा नेपालको बलियो उपस्थिति जनाउनु आफैँमा चुनौतीपूर्ण रहेको बताए । 

उनले परराष्ट्र सेवालाई कानुनी रूपमा अझ संस्थागत गर्न, समय सान्दर्भिक बनाउन निरन्तर सुधार र आवश्यक स्रोत साधनको थप प्रवर्द्धन मिलाउनुपर्ने आवश्यकता देखिएको बताए । परराष्ट्र सेवाका जनशक्तिको गुणात्मक र कार्यात्मक क्षमतामा जोड दिनुपर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्