site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुई दशकअघिका कुख्यात अपराधी गिरी ७२ वर्षको उमेरमा प्रहरीको फन्दामा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पर्सा सखुवा प्रसौनी गाउँपालिका–५, का ७२ वर्षीय प्रेम गिरीलाई पक्राउ गर्‍यो । प्रेम उनै कुख्यात अपराधी हुन्, जुन दुई दशकअघि प्रहरीको टाउको दुखाइ बनेका थिए । मुख्यतया तराई क्षेत्रलाई आपराधिक कर्मथलो बनाएका गिरीमाथि प्रहरीमा दर्जनौँ उजुरी छन् । त्यो पनि जघन्य अपराधका ।

तर, तराईका विभिन्न जिल्लामा अपराधिक घटना घटाएर उनी सीमापार भारत गएर लुक्दा प्रहरी हैरान भएको थियो । आइतबार भने पर्सा प्रहरीलाई उनी नेपाल आएको सूचना पुग्यो । सोही सूचनाको आधारमा प्रेमलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालयका पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) केशरकुमार न्यौपानेका अनुसार उनीमाथि थप अनुसन्धान जारी छ । प्रहरीले जिल्ला अदालत पर्साबाट पहिलो पटक अनुसन्धान गर्न ६ दिनको समय पाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पर्सा प्रहरीले उनीमाथि जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत ५२ वर्षीय मोहनप्रसाद मैनालीको गोली हानी हत्या भएको घटनामा अनुसन्धान गरिरहेको छ ।

मैनालीमाथि २०६५ असोज २२ मा पर्सामै गोली प्रहार भएको थियो ।  गिरीले घटाएको यो पछिल्लो घटना मात्रै हो । उनी करिब दर्जन जघन्य अपराधमा संलग्न भएको खुलेको छ । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा २०५६ सालदेखि नै अपराध कर्ममा लागेको खुलेको हो ।

Global Ime bank

डीएसपी न्यौपानेका अनुसार उनीमाथि पहिलो पटक २०५६ जेठ २ मा पर्सामा सार्वजनिक अपराध मुद्दा चलेको खुलेको छ । तर, उनी त्यो बेला पक्राउ भने परेनन् । सार्वजनिक अपराधबाट सुरु भएको प्रेमको अपराध यात्राको उडान यतिमै सीमित रहेन ।

त्यसको एक वर्षपछि २०५७ भदौ १२ मा प्रेमले पर्सा विन्दवासिनीका ३० वर्षीय देवेन्द्रप्रसाद यादवको हत्या गरे । यादवको घरमा लुटपाट गर्न पुगेका प्रेमले यादवलाई राति १२ः३० बजे गोली हानेर हत्या गरेका थिए ।

त्यो बेला समेत उनी पक्राउ परेनन् । प्रहरीलाई छक्काउन माहिर प्रेम त्यो बेला ५७ वर्षका थिए । त्यसपछि समेत उनीमाथि तीन वटा हातहतियार तथा खरखजना मुद्दामा फरार रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार प्रेम तराईका विभिन्न भूमिगत समूहमा रहेर लुटपाट तथा डाँका चोरीमा संलग्न रहेको समेत पाइएको छ ।

एसपी ढुंगेलले भने, “प्रेमले पर्सामात्र होइन्् भारतका विभिन्न ठाउँमा समेत आपराधिक घटना घटाएका छन् । भारतीय प्रहरीको समेत उनी खोजीका अपराधी हुन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement