site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नर्वे र आयरल्यान्डद्वारा प्यालेस्टाइनलाई राज्यको मान्यता

काठमाडौं । नर्वेले प्यालेस्टाइनलाई एक छुट्टै राज्यको मान्यता दिएको छ । नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरले सो कुराको बुधबार घोषणा गरेका हुन् । 

नर्वेका विदेशमन्त्री इस्पेन बार्थ आइदीले एक्समा नर्वेले प्यालेस्टाइनलाई राज्यको मान्यता दिएको जनाएका हुन् । उनले दुई राज्यको समाधान नै इजरायल र प्यालेस्टाइनबीचको व्यवहारिक बाटो हुने उल्लेख गरेका छन् । “अहिलेको संगीन घडीमा हाम्रो मान्यता क्षेत्रीय शान्तिका लागि विस्तृत योजनामा समर्थन गर्न आएको हो,” उनले भनेका छन् । 

यस्तै, आयरल्यान्डका प्रधानमन्त्री सिमोन  ह्यारिसले पनि प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिएका छन् ।

यसैगरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि प्यालेस्टाइनलाई यही मे २८ तारेखमा राज्यको मान्यता दिने बुधबार घोषणा गरेका छन् ।

उता इजरायलले भने आयरल्यान्ड र नर्वेका राजदूतलाई बोलाएर सो विषयमा छलफल गर्ने जनाएको छ । विदेशमन्त्री इजरायल कात्जले इजरायल यस्तो बेलामा चुप लाग्न नसक्ने र यसले गम्भीर परिणाम निस्कने जनाएका छन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro