site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हैदराबादलाई हराउँदै कोलकाता आईपीएलको फाइनलमा

काठमाडौं । पहिलो प्लेअफमा सनराइजर्स हैदराबादविरुद्ध आठ विकेटको सहज जित निकाल्दै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा सनराइजर्स हैदराबादले प्रस्तुत गरेको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍याे । कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले सर्वाधिक ५८ रन बनाए । उनले २४ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । यस्तै, वेन्कटेस ऐयरले पनि ५१ रन बनाए । उनले २८ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । ओपनरद्वय रहमनुल्लाह गुर्बज र सुनिल नारिनले क्रमशः २३ र २१ रन बनाए ।

हैदराबादका प्याट कुमिन्स र टी नटराजनले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले १९.३ ओभरमा सबै विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो ।

हैदराबादका राहुल त्रिपाठीले सर्वाधिक ५५ रन बनाएका थिए । हेनरिक क्लासेनले ३२, कप्तान प्याट कुमिन्सले ३० र अब्दुल समदले १६ रन बनाए ।

कोलकाताका मिचेल स्टार्कले तीन विकेट लिए । वरुण चक्रवर्तीले दुई विकेट लिँदा वैभव अरोरा, हर्षित राना, सुनिल नारिन र आन्द्रे रसेलले समान एक विकेट लिए ।

जितसँगै फाइनलमा स्थान बनाएको कोलकाताले अब उपाधिका निम्ति दोस्रो प्लेअफको विजेतासँग खेल्नेछ । यता, हार बेहोरे पनि हैदराबाद प्रतियोगिताबाट बाहिरिसकेको भने छैन । हैदराबादले अब दोस्रो प्लेअफमा इलिमिनेट विजेतासँग खेल्ने अवसर पाउनेछ । आज इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro