site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी मन्त्रीका गाडी : नारायणकाजीलाई प्रचण्डले दिएको, वर्षमान र शक्तिलाई पार्टीले 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले पार्टी र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको गाडी प्रयोग गर्ने गरेको पाइएको छ । 

मंगलबार जारी गरिएको मन्त्रीहरूको सम्पति विवरणअनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रधानमन्त्री प्रचण्डले प्रयोगका लागि दिइएको गाडी रहेको उल्लेख छ । उनीसँग बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी रहेको विवरणमा खुलाइएको छ । प्रधानमन्त्री प्रचण्डसँग भने गाडी नरहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । 

त्यस्तै, पार्टीका उपहासचिव समेत रहेका अर्थमन्त्री वर्षमान पुनसँग पार्टीको गाडी रहेको खुलाइएको छ । बा ००१ अ ००९ नम्बरको हलुका गाडी रहेको जनाइएको छ । त्यसैगरी पार्टीका अर्का उपमहासचिव समेत रहेका उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग पनि पार्टीको गाडी छ । बा ९ च ७४ नम्बरको स्कार्पियो पार्टीको नाममा रहेको जनाइएको छ । 

त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भने निजी गाडी छ । विवरणमा ३६ लाख बाराबरको होन्डाइ कार रहेको विवरणमा खुलाइएको छ । कार पारिश्रमिक र राष्ट्र बैंकबाट ऋण लिएर खरिद गरिएको उल्लेख छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङसँग भने गाडी छैन ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro