site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
०५८ सालमै पार्टीलाई सबै जग्गा दिएका नारायणकाजीसँग अझै ३९ रोपनी जग्गा 

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा एक लाख २२ हजार ९१८ रुपैयाँ रहेको जनाएका छन् । मंगलबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा मन्त्री श्रेष्ठले त्यसबारे जानकारी गराएका हुन् ।

उनले आफूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको गाडी प्रयोग गरिरहेको पनि जनाएका छन् । बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी पार्टी अध्यक्ष प्रचण्डले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

उनको गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा तीन कित्ता जग्गा छ । जुन २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको विवरणमा उल्लेख छ ।

आफूसँग कुल ३९ रोपनी ५ आना ४ दाम पैतृक जग्गा रहेको जनाएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro