विदेश
तेहरान । इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा भएको मृत्युको शोकमा हजारौं मानिस सडकमा निस्किएका छन् । उनको अन्त्येष्टि आउँदो बिहीबार जन्मस्थल मसहदमा हुने कार्यक्रम रहेको छ ।
उनलाई अन्तिम विदाइका लागि विभिन्न स्थानमा कार्यक्रम गरिँदै छन् । पहिलो कार्यक्रम उत्तर पश्चिम सहर तबरिजमा गर्न लागिएको छ । यसपछि उनको शव कोम प्रान्तमा लैजाने कार्यक्रम छ ।
त्यसपछि रइसी र विदेशमन्त्रीको शव राजधानी तेहरानमा लगिनेछ । तेहरानमा बुधबार हुने कार्यक्रमका लागि सरकारी बिदा दिइएको छ । बीबीसी
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १५:०२
प्रतिक्रिया दिनुहोस्