राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सांसद् बद्री पाण्डेले गृहमन्त्री रवि लामिछानेले सदनमा बर्बराएको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले कराेडौं मानिसलाई बरालेको पनि बताए ।
यही जेठ ६ गते बसेकाे प्रतिनिसभा बैठकमा गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । “हामीलाई थाहा छ । यसक्रममा गृहमन्त्रीले बोल्ने काम गनुभयो । हामीले ठानेका थियौँ, गृहमन्त्रीले हामीलाई राम्रै पढाउनुहोला,” उनले भने, “तर, उहाँ रोष्ट्रममा बोल्न उभिनुभएन । बर्बराउनुभयो । लामो समय बर्बराउनुभयो । लामो समय बर्बराउनु भएन कराेडौं मानिसलाई बराल्ने काम गर्नुभयो ।”
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १३:०२
प्रतिक्रिया दिनुहोस्