राजनीति
काठमाडौं । कांग्रेससहित प्रतिपक्षी दलहरूको बैठक बस्ने भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा कांग्रेस सभापति तथा दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा प्रतिपक्षी दलको बैठक बस्ने भएको हो ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता र यसबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रतिपक्षी दलको माग छ ।
यसअघि सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पनि आफ्नो अडान यथावत राख्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १०:५९
प्रतिक्रिया दिनुहोस्