site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानका राष्ट्रपति र विदेशमन्त्री चढेको हेलिकोप्टर दुर्घटना, खराब मौसमले उद्धारमा समस्या
SkywellSkywell

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । इरानका गृहमन्त्री अहमद वाहिदीले दुवैजना हेलिकोप्टरमा सवार भएको पुष्टि गरेका छन् ।

उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमति समेत अन्य व्यक्ति पनि सवार भएको जनाइएको छ । 

इरानको सरकारी मिडियाका अनुसार उडानको समयमा हेलिकोप्टरलले अफ्ठ्यारो अवस्थाको सामना गर्नु परेको थियो । त्यसैले ‘हार्ड ल्यान्डिङ’ गर्नु परेको बताइएको छ । तर कस्तो समस्या हेलिकोप्टरले सामना गर्नुपरेको थियो त्यो भने स्पष्ट पारिएको छैन ।  उद्धारका लागि एक उद्धार टोली घटनास्थलतर्फ गएको जनाइएको छ । खराब मौसमका कारण उद्धारमा समस्या भएको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

घटनाको एक घण्टापछि पनि उद्धार दल खराब मौसमका कारण घटनास्थलमा पुग्न सकेको थिएन । उक्त क्षेत्रमा ४० जनाको रक्षा दल खटाइएको गृहमन्त्रीले जनाएका छन् । आपतकालीन उद्धारका लागि अपरेसन ड्रोनको पनि प्रयोग गरिएको जनाइएको छ ।

घटनास्थलमा आठवटा एम्बुलेन्स पनि पठाइएको छ । राष्ट्रपति रइसी अजरबैजानमा किज कलासी र खोदाफरिन बाँधको उद्घाटनका लागि त्यसतर्फ गएका थिए ।  उद्घाटनपछि उनी तबरेज सहरतर्फ जाँदै थिए । उद्धार दलका साथ रहेका फोर्स न्युजका रिपोर्टरका अनुसार भारी कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएको छ । 

पहाडी भू–भाग तथा रुखहरू धेरै भएको उक्त क्षेत्रमा भिजिबिलिटी पाँच मिटरसम्म मात्रै रहेको छ । जहाँ हेलिकोप्टरको हार्ड ल्यान्डिङ गरिएको छ । उक्त इलाका तबरेज सहरबाट ५० किमी टाढा वर्जेकान सहरको नजिक रहेको छ । तबरेज इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी हो । 

इरानको सरकारी एजेन्सी आईआरएनएले दुर्घटनाअघिको एक तस्बिर प्रकाशित गरेको छ । उक्त अन्तिम तस्बिरमा इरानका राष्ट्रपति रइसीका साथ अन्य व्यक्ति पनि सामेल थिए । 

धर्म गुरुले के भने ?
इरानका सर्वोच्च धर्मगुरु आयोतल्ला खमेनीले इरानी राष्ट्रपति खमेनीले सर्वसाधारणलाई चिन्ता नगर्न आग्रह गर्दै यस घटनाले सरकारी काम प्रभावित नहुने जनाएका छन् । उनले देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपतिको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । 

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा भनेका छन्, “राष्ट्रपति रइसीको आज हेलिकोप्टर उडानको बारेमा आइरहेको खबरले गहिरो चिन्ता लागेको छ । हामी संकटको यो अवस्थामा इरानीहरुका साथ एकजुट भएर खडा छौं । र, राष्ट्रपति तथा दलको भलाइको कामना गर्दछौं ।”

अमेरिकाले उक्त घटनाका बारेमा आएका रिपोर्टमा ध्यान दिइरहेको जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ताले पत्रकारहरूसँग उक्त कुरा बताएका हुन् । 

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले उक्त घटना सुनेर आफू चिन्तित भएको बताउँदै सबै ठीक रहेको भन्ने खुसीको खबर पर्खिरहेको जनाएका छन् । 

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले उक्त घटनाबाट चिन्तित भएको जनाएका छन् । इरानका राष्ट्रपतिले उडान भर्नुअघि अजरबैजानका राष्ट्रपतिसँग दुवै देशको सीमामा बाँधको उद्घाटन गरेका थिए । बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu