site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविलाई काउन्टर दिन गगनले के भने ? (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार प्रतिनिधिसभामा गरेको सम्बोधनलाई 'काउन्टर' दिएका छन् । संसद् बैठकलगत्तै पत्रकार सम्मेलन गरेर थापाले गृहमन्त्री लामिछानेले उठाएको विषयको जवाफ दिएका हुन् ।

त्यसक्रममा उनले ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशक (एमडी) हुँदा ऋण लिने कुनै निर्णय नगरेको भन्ने तथ्यमा गम्भीर प्रश्न उठाए । थापाले १५ प्रतिशत सेयर होल्डर र प्रबन्ध निर्देशक भएका लामिछानेले भनेजस्तो निर्णय नै नगरी रातारात पैसा आउने परिकल्पना उनीबाहेक कसैले गर्न नसक्ने बताए ।

“उहाँ (रवि लामिछाने)ले बोल्दा (संसद् बैठकमा) म ध्यान दिएर सुनिरहेको थिएँ । गोरखा मिडिया नेटवर्कले चलाएको ग्यालेक्सी टीभीमा एमडी हुँदा कुनै निर्णय नगरेको भन्नुभयो । तपाईंहरू पनि कतिपयले कम्पनी चलाउनुभएको होला, एमडीले निर्णय नै नगरी रातारात पैसा आउँछ ?,” प्रश्न गर्दै लामिछानेले भने, “उहाँले टेलिभिजनको अडिट रिपोर्टमा पटक–पटक ऋण लिएको भनेर सिग्नेचर गर्नुभएको छ ।”

Dabur Nepal
NIC Asia

लामिछानेले आफूविरुद्ध उजुरी नभएको र कतै अभियोजन पनि नगरिएको भनेर अर्को झुट बोलेको थापाको आरोप छ । उनले लामिछानेले आफूले मात्र झुट नबोलेर प्रहरी महानिरीक्षकलाई पनि झुट बोल्न लगाएको जिकिर गरे ।

“उहाँविरुद्ध पोखरामा पूरक उजुरी परेको छ । त्यसमा सीआईबीले छानबिन गरेको छ । सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी प्रत्येकमा उहाँको नाम छ । सुप्रिमको अभियोजन हुँदा उहाँको नामसहित अभियोजन छ । तर, विपक्षी मात्र बनाइएको छैन,” थापाले भने, “उहाँ गृहमन्त्री भएपछि सीआईबीले  बैक खाताको कारोबार हेर्छु भनेको छ, त्यसलाई रोकिएको छ । छानबिन भइरहेका विषय उहाँ गृहमन्त्री भएपछि रोकेर अनुसन्धान गर्ने निकाय बचाउमा उत्रिनुपरेको छ ।”

महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने मात्र नभएर उक्त पार्टीका अरू व्यक्ति पनि सहकारीको बचत अपचलनमा संलग्न रहेको आरोप लगाए । उनले सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी सहकारी संस्थामा संलग्न देखिएका व्यक्तिहरू हाम्रो कृषि सहकारीको काण्डमा पनि विवादमा तानिएको बताए । उनले संगठित ठगीको आशंका देखिएको भन्दै ती विषयमा विस्तृत अनुसन्धानले वास्तविकता उजागर हुने उल्लेख गरे ।

त्यसक्रममा उनले आफूहरूलाई नधम्क्याउन र नतर्साउन चेतावनी पनि दिए । उनले पद र शक्तिमा भएको गृहमन्त्रीले छानबिन समिति बनाए सबैको फाइल खोल्दा हुने बताए । 

“तपाईं गृहमन्त्री हुनुहुन्छ राजीनामा मागेको पनि छैन । तपाईं शक्तिशाली हुनुहुन्छ,” उनले भने ।

साथै उनले ह्यात, बालमन्दिरलगायतको फाइल खोल्न पनि अनुरोध गरे । “ह्यातको फाइल खोल्नुहोस्, बालमन्दिर कृषि अनुसनधानको विषय भन्नुभयो सबै खोल्नुहोस् । सबै छानबिन गर्नुहोस्,” उनले भने, “नधम्क्याउनुहोस्, नतर्साउनुहोस् नअलमल्याउनुहोस् ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro