site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरको ग्वार्कोस्थित टहरोमा आगो लागेर घाइते भएका चारजनाकै मृत्यु
फाइल तस्बिर

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा लागेको आगलागीमा परेर घाइते भएका पाँचजनामध्ये चारजनाको मृत्यु भएको छ । चारजनाकै उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो ।

गएको वैशाख २३ मा भएको आगलागीमा परेर रौतहटका सञ्जय गिरी, उनकी श्रीमती रूपासहित आठ वर्षीया छोरी प्रिया र तीन वर्षीया छोरी एलिसा घाइते भएका थिए । जसमध्ये रूपासहित दुवै छोरीहरूको मृत्यु यसअघि नै भएको थियो । शनिबार सञ्जय थापाको समेत मृत्यु भएको ललितपुर प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिए ।

अर्का घाइते सञ्जयका भतिज १५ वर्षीय नित गिरीको भने उपचार जारी छ । उनी सामान्य अवस्थामा छन् । नितले विभिन्न ठाउँबाट संकलन गरेर ल्याएको डढेको मोबिलमा लाइटर बालेपछि आगो लागेको खुलेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro