site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडान गर्न तयार
तस्बिर : नासा ।

लस एन्जलस । अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेसन (नासा)को ‘सुपरसोनिक एक्स–५९’ विमानको पहिलो उडानका निम्ति सम्पूर्ण तयारी पूरा गरिएको छ ।

नासाका स्वतन्त्र विशेषज्ञ सम्मिलित उडान तयारी समीक्षा बोर्डले एक्स–५९ परियोजना टोलीले उडानस्थल र परीक्षणका क्रममा मानवीय सुरक्षाको दृष्टिकोणबाट आवश्यक सम्पूर्ण अध्ययन पूरा गरेको जनाएको छ ।

समीक्षा बोर्डले सुरक्षा र जोखिम पहिचानमा ध्यानकेन्द्रित गर्दै सम्भावित खतराको परियोजना टोलीको विश्लेषणलाई विस्तृत रूपमा हेरेको नासाले जनाएको छ ।

यो विमान नासाको ‘क्वेस्ट मिसन’को केन्द्रमा छ । यसलाई हवाईयात्रामा व्यापक सुधारसहित तथ्यांक संकलन गर्न प्रयोग गरिनेछ । यसले आवाजको गतिभन्दा छिटो यात्रा गर्न सक्ने व्यावसायिक विमानको नयाँ पुस्ताका निम्ति मार्गप्रशस्त गर्नेछ । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro