site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सदनको अवरोध अन्त्यका लागि गम्भीर बन्न कांग्रेसलाई सरकारको आग्रह
फाइल तस्बिर

काठमाडौं । सरकारले सदनको अवरोध हटाउनका लागि गम्भीर भएर लाग्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेको छ । शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समस्या समाधानका लागि सरकार गम्भीर भएर लागिरहेको भन्दै जिम्मेवार प्रतिपक्षी भएर सहमति खोज्न आग्रह गरेकी हुन् । 

उनले संवाद  छलफलबाटै समाधान निस्कनेमा सरकार विश्वस्त रहेको बताइन् । प्रवक्ता शर्माले सहकारी समस्या समाधान गर्नका लागि सबै एकमत रहेको भन्दै सबै विषयवस्तुमाथि वा व्यक्तिमाथि छानविन गर्ने भन्ने प्रश्न उठेको जानकारी दिइन् । 

समग्र सहकारीका विषयमा छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने विषयमा सहमति नजिक पुगे पनि प्रतिपक्षी दल अर्को ढंगले प्रस्तुत भएको उनको भनाइ छ । 

त्यस्तै, मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै प्रवक्ता शर्माले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको बताइन् । बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने र फौजदारी कसुर तेस्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro