site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपा गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश न्यायोचित : अशाेक राई
फाइल तस्बिर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफ्नो नवगठित पार्टीको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताएका छन् । बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष राईले जनता समाजवादी पार्टी गठनको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताए । 

केही दिनअघि राईले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेका थिए ।  राई नेतृत्वको जसपालाई निर्वाचन आयोगले पनि दल दर्ताको प्रमाणपत्र दिएपछि जसपा नेपालका अध्यक्ष यादवले पार्टी गठन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

Dabur Nepal
NIC Asia

सर्वोच्च अदालतले हाललाई जसपा गठनको सम्बन्धका काम, कारबाहीलाई यथावत राख्न आदेश दिएसँगै अध्यक्ष राईले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सर्वोच्च अदालतको आदेश आफूहरूले अपेक्षा गरेअनुरुप नै आएको बताए । 

“न्यायालयले न्यायोचित निर्णय गरेको छ । जुन प्रकारको अल्पकालीन आदेश न्यायालय, न्यायमूर्तिबाट जारी भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । निवेदकले गैरकानुनी ढंगले निर्वाचन आयोगले गरेका काम सबै बदर गर्ने ढंगको माग, त्यस किसिमको अन्तरिम आदेश जारी गरेकोमा त्यसलाई स्वीकार नगरेर निर्वाचन आयोगले गरेका कामहरू कतिपय निर्णय कार्यान्वयन भइसकेको छ । कतिपय कार्यान्वयनको प्रक्रियामा रहेको हुँदा जे जहाँ छन्, जस्तो अवस्थामा छन् तिनीहरुलाई यथावत् राखेर निर्वाचन आयोगसँग ८ गते परामर्श गरेर त्यसपछि मात्रै टुंगोमा पुग्न सकिने । तबसम्म सबै गतिविधिहरुलाई यथावत् राख्ने भन्ने जुन फैसला हो । त्यो अपेक्षित आदेश हो । त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ,” अध्यक्ष राईले भने ।

उनले निवेदकले माग गरेअनुरुपको आदेश सर्वोच्च अदालतले नगरेको भन्दै आफूहरुको पार्टी अवैधानिक रहेको भन्ने स्थिति नरहेको बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro